नेप्सेमा ०.९३ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं – साताको अन्तिम कारोबारको दिन (बिहिबार) शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ०.९३ अंकले घटेर २५ सय ६० दशमलव १५ को बिन्दुमा बजार बन्द भएको छ। आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।…