सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा

नयाँदिल्ली – सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाएका छन् । उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रीत गरेको छ ।  पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया महिलाको रगतले लतपतिएको अवस्थामा शव भेटिएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले…