विपीन जोशी जीवित रहेको प्रमाण भेटिएन, चमत्कार भयो भने जानकारी गराउछौँः इजरायल

काठमाडौं – इजरायलले हमासको कब्जामा रहेका विपीन जोशी जीवित रहेको कुनै पनि प्रमाण आफूहरुले फेला नपारेको जानकारी उनको परिवारलाई गराएको छ । इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले आज रिहा हुन लागेका बन्दककको सूचीमा विपीनको नाम नरहेकाले उनी जीवित नरहेको जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । पण्डितले भने…