काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन्। प्रधानमन्त्री मोदीले लेखेका छन्,‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई…