ब्रुसेल्स - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिएपछि दुई पक्षबीचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ । आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डेर लायनबीच भएको टेलिफोन वार्तापछि आगामी जुलाई ९ भित्र निष्कर्षमा पुग्ने लक्ष्य राखिएको…