जुम्ला - जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ। ‘अनलाइन’ अभिलेख राख्न मिल्ने गरी जिल्लाका आठवटा स्थानीय तहका ३० वटा स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। जिल्लाका ६० वडामध्ये सिञ्जा गाउँपालिकाका छवटै वडामा ‘इन्टरनेट’ सेवाको पहुँच पुगेपछि…