वीरगन्जस्थित बीमकका प्रदेश कार्यालय प्रमुखहरूसँग अन्तर्क्रिया

काठमाडौं – नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा आज वीरगन्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।  अध्यक्ष ओझाले बीमा कम्पनीहरूको जोखिमाङ्कन…