एजेन्सी – अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण आगलागीका कारण युरोपेली पुनर्बीमा कम्पनीमा अर्बौ डलरको भार पर्ने भएको छ । क्यालिफोर्नियाको लस एन्जल्समा लागेको अनियन्त्रित डढेलोका कारण युरोपेली पुनर्बीमा कम्पनीको बीमा ‘पोर्टफोलियो’मा उल्लेख्य प्रभाव पर्ने भएको हो । सामान्यतया विश्वभर पुनर्बीमा विदेशी कम्पनीमा गर्ने प्रचलन हुन्छ । अझै अमेरिकामा विगतदेखि नै विदेशी कम्पनीमा पुनर्बीमा गर्ने चलन छ ।…