काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिको फागुन ४ गतेको निर्णयअनुसार ५ जनाको नाम सर्टलिस्ट गरिएको हो। सर्टलिस्टमा पर्नेमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा छन्। सर्टलिस्टमा परेकाहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि…