आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दोस्रो त्रैमाससम्म १४ करोड खुद नाफा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दोस्रो त्रैमाससम्म १४ करोड खुद नाफा


काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आवमा कम्पनीको कुल आम्दानी ९० करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर ८९ करोड ७८ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ५१ करोड २३ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ५० करोड ८ लाख रुपैयाँमा कायम भएको छ।

चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

गत आवमा कम्पनीको निर्जीवन बीमा कोषमा ४ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ९२ करोड रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ९० रुपैयाँ ९४ पैसा रहेको छ।