काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै जीवन बीमाको पहुँच देशको समग्र जनसंख्याको ४४.१७ प्रतिशतमा पुगेको बताएका छन् । बिहीबार अर्थमन्त्री पोडेलले आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्दै बीमा दायरा बढेको जानकारी दिएका हुन् । त्यस्तै, नेप्से सुचाकं फागुन मसान्तसम्ममा २७३६.४९ कायम भएको बताएका छन् । अर्थमन्त्रीका अनुसार चालु…