दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सको मुनाफामा भारी गिरावट

दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सको मुनाफामा भारी गिरावट



काठमाडौं– नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ ।

यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ७२ करोड ५४ लाख रुपैयाँबाट बढेर ८१ करोड ६४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा ८२।७१ प्रतिशतले घटेर ८ करोड ६० लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ३२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २९ करोड ६७ लाख रुपैयाँ पुगेकोछ ।