नियामकीय समयसीमा उल्लंघन गर्दै लाभांश घोषणा ढिलासुस्ती गर्दै बीमा कम्पनी

काठमाडौं – ‘कर्पोरेट गभर्नेन्स’को मर्म भुलेर बीमा कम्पनीहरूले लाभांश घोषणामा ढिलासुस्ती गर्दा लगानीकर्ताको लगानी प्रतिफल नै जोखिममा पर्न थालेको छ । आफूलाई ‘कर्पोरेट हाउस’कारुपमा दाबी गर्ने बीमा कम्पनीहरूको बानी ब्यहोरा र व्यवस्था भने ‘कर्पोरेट’ शैलीको छैन । यही कारण, अधिकांश कम्पनीहरूले नीतिगत व्यवस्था नै कुल्चिएर लाभांश घोषणामा ढिलासुस्ती गरेका हुन् । ‘बीमा ऐन, २०४९’ र…