जोखिम मूल्याङ्कनमा ‘सोल्भेन्सी’ निर्देशिका, ‘स्ट्रेस र फ्याक्टर बेस अप्रोच’ले कसरी सुदृढ गर्छ बीमा क्षेत्र ?

काठमाडौ – नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ लागू गरेको छ । यो निर्देशिकाले जोखिम मूल्याङ्कनका लागि स्ट्रेस अप्रोच र फ्याक्टर बेस अप्रोच गरी दुई विधिलाई अनिवार्य गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरूको वित्तीय स्थिरता र जोखिम व्यवस्थापन क्षमतालाई बलियो बनाउने उद्देश्यसहित यो निर्देशका…