काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र यसपछिको ध्वंसमा परेर भएको क्षतीको दाबी भुक्तानीमा बीमा कम्पनीहरुले अग्रसरता देखाएका छन् । कम्पनीहरुले आएको दाबीमध्येबाट सिमित रकम अग्रिम भुक्तानी दिँदै सेवाग्राहीलाई सहजीकरण गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ अग्रिम भुक्तानी दिइसकेका छन् । हालसम्म…