युनाइटेड अजोड इन्स्योरेन्सले पायो २३ लाख बढी कित्ता हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ। बोर्डले आज कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको १००ः१० अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको हो। कम्पनीको हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।…