विराटनगर - नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशमा क्रियाशील पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार विराटनगरमा सम्पन्न भएको छ। बीमा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले प्राधिकरणको परिचय, प्रमुख कार्यक्षेत्र, बीमाका प्रकार, बीमा बजारको अवस्था, बीमा प्रवर्द्धनका लागि भइरहेका प्रयास तथा सञ्चार…