विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गरिने, २०८४ को शैक्षिक सत्रदेखि लागू हुने

काठमाडौं - नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित आफ्नै केन्द्रीय कार्यालयमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयका विज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल गरेको हो। विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखन…