बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला, शुल्क सात हजार पाचँ सय

काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित छनौट समितिले ७ दिने म्यादसहित सार्वजनिक सूचना जारी गरेको छ। सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकले अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन्। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई सम्पर्क कार्यालय तोकेर समितिले शनिबार सूचना प्रकाशित गरेको हो। इच्छुक व्यक्तिहरूलाई योग्यता प्रमाणित गर्ने कागजात र…