काठमाडौं – बीमालेख नवीकरण नगरी बीमालेखहरु व्यतीत हुने प्रवृत्ति बढ्दो क्रममा देखिएको छ । जीवन बीमा कम्पनीको १२ लाख ५४ हजार ४७८ वटा बीमालेखको ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको बीमालेख नवीकरण नभएको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । बीमा बजारमा सरेण्डर घटना र नवीकरण नभई थुप्रिएको…