बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको छ । कम्पनीले हाल कायम संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो । संस्थापक तर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएपछि सर्वसाधारण तर्फको हाल कायम ४० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ । …