बैंकिङ्ग समाचार, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रम आयोजना गरी बीमितका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरको परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय…