आइएमई लाईफले १ करोड २० लाख कित्ता आइपिओ प्रिमियममा जारी गर्न पायो स्वीकृति

आइएमई लाईफले १ करोड २० लाख कित्ता आइपिओ प्रिमियममा जारी गर्न पायो स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २३ गते मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

यससँगै प्रिमियम मूल्यमा प्राथमिक शेयर (आइपिओ‍) ल्याउने आईएमई लाइफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी बन्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रति कित्ता रु २३६.९१ का दरले कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने भएको हो ।

कम्पनीले कूल पूँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणमा प्रतिकित्ता २३६.०१ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा थप १३६.९१ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २३६.९१ रुपैयाँमा शेयर जारी गर्न लागेको हो । यो मध्ये कर्मचारीका लागी ६ लाख कित्ता सुरक्षित गरिएको छ । कर्मचारीले अंकित मूल्य अर्थात् प्रति शेयर रू. १०० मै खरिद गर्न पाउनेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।