काठमाडाैं – स्वतन्त्र उत्पादक र बीमा कम्पनीबीच चल्दै आएको विवाद अन्ततः समाधान भएको छ । लामो छलफलपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघबीच सम्झौता भएसँगै विवाद समाधान भएको हो । इप्पानले दिएको जानकारीअनुसार यी दुई संस्थाबीच आज भएको सम्झौताअनुसार अबदेखि जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा डी–ट्यारिफमा जाने निर्णय भएको छ…