प्रभु महालक्ष्मी लाइफको ३ लाख कित्ता शेयर बिक्रीमा, संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। यी शेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने कम्पनीले जनाएको छ। जसमध्ये २ लाख २१ हजार ६५० कित्ता शेयर माउण्टेन इन्फ्रा कम्पनी लिमिटेड र १ लाख कित्ता शेयर आत्माराम घिमिरेको स्वामित्वमा रहेको…