नाफिजमा आबद्ध सदस्यहरुको साढे १६ करोडको सामुहिक दुर्घटना बीमा

काठमाडौं - नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना सदस्यहरु तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो । आजदेखि लागू हुने गरेर दुई वटा निर्जीवन बीमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ…