‘नियमन र सुपरिवेक्षणमा समस्या देखिएपछि बैंकासुरेन्स बन्द गरिएको हो, खोल्न सकिन्छ’

काठमाडौं – बैंकासुरेन्सको कुरा गर्दा सामान्यतया हामी कस्ता वित्तीय सिस्टम प्रयोग गरिरहेका छौं भन्नेबारे बुझ्न आवश्यक छ। हामीले अहिले प्रयोग गरिरहेको बैंकिङ्ग सिस्टम युनिभर्सल बैंकिङ्ग सिस्टम होइन। सामान्यतया युनिभर्सल बैंकिङ्ग सिस्टमभित्र कमर्सियल बैंकिङ्ग, इन्भेष्टमेन्ट बैंकिङ्ग, एसेट म्यानेजमेन्ट र बीमाहरुलाई एउटै छातामुनि सञ्चालन गर्ने सोच राखिन्छ। तर, हामीले प्रकार्य तथा सेग्मेन्टेल जस्तो बैंकिङ्ग सिस्टमलाई अवलम्बन गर्ने…