बैंकिङ्ग समाचार, काठमाडौं । हालको अभुतपूर्व आर्थिक चुनौती र समस्यामा रेमिटेन्सलाई सिटामोलको रुपमा लिन सकिने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताएका छन । बैंकिङ्ग समाचारले आयोजना गरेको ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स–२०२३’ कार्यक्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा चार वटा सत्रमध्यको तेस्रो सत्रमा (रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य) शिर्षकमा आयोजित…