बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साउन ९ गते मंगलबार साँझ ५ बजे यी दुई लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जर सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने जनाएको छ । जाल्पा सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।
प्रतिक्रिया