७५३ वटै स्थानीय तहको विकास निर्माण उत्साहवर्द्धक

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको विकास उत्साहवद्र्धक रहेको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय सरकार बनेपछिको विकास उत्साहवद्र्धक रहेको बताए । उनले भने, ‘स्थानीय सरकार बनेपछि अथवा संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार…