सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, बोनश र नगद कति ?

सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, बोनश र नगद कति ?



बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट लाभांश बापत बोनस शेयर र कर प्रयोजनको लागि नगद दिने निर्णय गरेको छ । पुस १६ गते बसेको सञ्चालक समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको कूल चुक्ता पुँजि ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । सो को पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्न लागिएको हो । लाभांश वितरणपछि कम्पनीको कूल चुक्ता पुँजि तीन अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।