काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले माघ २ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने दाबी गरेको छ । मंगलबार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकपछि निर्माण व्यवसायीसँग एक समझदारीपत्र हस्ताक्षर भएको हो । बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति…