नेपाल उद्योग परिसंघ भन्छ: अर्थतन्त्रमा सुधार आएको छैन

नेपाल उद्योग परिसंघ भन्छ: अर्थतन्त्रमा सुधार आएको छैन


काठमाडौं-नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा सुधार नआएको बताएको छ । परिसंघ उद्योग व्यवसाय स्तरमा गरेको एक सर्वेक्षणको प्रतिवेदनले यस्तो देखाएको हो । यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको उल्लेख छ ।

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा पनि एक सर्वेक्षण गरेको थियो।

परिसंघले विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ। सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२।०६ प्रतिशतले घटेको देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको छ। यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७।४६ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा कूल ३०.५४ प्रतिशतले ले खुम्चिएको छ ।

त्यस्तै प्रतिवेदनले ५ महिनामा १६ हजार ४६० वटा कालोसूचीमा परेको देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा १२ हजार ८८९ वटा र आव २०७९/८० मा २६ हजार ८६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको जानकारी दिए । यो वर्षको पाँच महिनाको अवधिमै १६ हजार ४६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।