राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल नियुक्त भएका छन्। राष्ट्र बैंकले पौडेललाई साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्तामा नियुक्त गरेको हो। पौडेल वि.सं २०५९ मा सहायक निर्देशकको रुपमा नेपाल राष्ट्र बैंकबाट सेवा प्रवेश गरेका थिए। उनले अर्थशास्त्रमा एमफिल र त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन्। पौडेलसँग मौद्रिक नीति सम्बन्धी,…