निक्षेप संकलन घट्दा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्ता ?

निक्षेप संकलन घट्दा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्ता ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३२ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २४ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।

साउन २३ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३७ अर्ब निक्षेप संकलन भएकोमा २४ गते ५ अर्बले घटेर ६४ खर्ब ३२ अर्ब संकलन भएको हो। यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन ६ अर्बले घटेको छ । असार २३ गते ५७ खर्ब ९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । बुधबारसम्म ४५ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बिहीबार ४५ खर्ब ५६ अर्ब प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । बुधबारसम्म ५१ खर्ब ६० अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार बढेर ५१ खर्ब ६३ अर्ब प्रवाह गरेको हो ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.६२ बाट बढेर ७८.७५ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतबाट घटेर २.९९ प्रतिशत कायम भएको छ ।