सूर्यज्योति लाइफका शाखा कार्यालय गाभिदै

सूर्यज्योति लाइफका शाखा कार्यालय गाभिदै


काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालयहरु एक आपसमा गाभिने भएको छ । ४ वटा शाखाहरु भदौ २ गते आइतबारदेखि लागू हुने गरी गाभिने भएका हुन् ।

कम्पनीकाअनुसार भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखा नरायणघाट शाखामा गाभिएर सेवा प्रदान गरिनेछ भने मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी शाखा हेटौडा उप–महानगरपालिका–४ हेटौडा शाखामा गाभिएर सेवा निरन्तर सेवा प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।