वित्तीय संस्थाविरुद्ध शृङ्खलाबद्ध आक्रमण गर्दैछन् ऋणी

काठमाडौं – २०७६ सालको अन्त्यमा सरकारले कोभिड–१९ महामारी अन्त्यका लागि भन्दै बन्दाबन्दी घोषणा गर्‍यो। विश्वभर तीव्र रूपमा फैलिँदै गएको महामारी रोक्ने लक्ष्यसहित तत्कालीन समयमा चैत ११ गतेदेखि सरकारले नेपाल व्यापी बन्दाबन्दी घोषणा गर्‍यो। सो समयमा सुरुमा सर्वसाधारणलाई बन्दाबन्दी बुझ्नै दुई/तीन महिना लागेको थियो। तर, सर्वसाधारणले बुझ्दासम्म सबै कुरा असामान्य बन्न थालिसकेको थियो। घरमा बाल्ने चुल्होदेखि…