काठमाडौं – बेला–बेलामा विवादमा पर्दै आएको धनुषास्थित जानकी मेडिकल कलेज फेरि एक पटक ठगी प्रकरणमा मुछिएको छ। प्रभु म्यानेजमेन्टसँग जोडिएको ठगी प्रकरणको अनुसन्धानका क्रममा उक्त मेडिकल कलेजको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको दायरा विस्तार गरेको हो। सीआईबीले अघि बढाइरहेको प्रभु बैंकसँग सम्बन्धित कर्जा अपचलन तथा घोटाला प्रकरणमा अनुसन्धान गहिरिँदै जाँदा जानकी मेडिकल…