‘नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंक हदैसम्मको सक्रिय बन्नुपर्ने’

काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले नेपाललाई आगामी दुई वर्षभित्र ग्रे लिष्टबाट हटाउन समयबद्ध तालिकानुसार आवश्यक कार्यहरू सम्पन्न गर्नका लागि नेपाल राष्ट्र बैंक निकै सक्रिय हुनुपर्ने बताएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा नेपाललाई ग्रे लिष्टबाट हटाउन केन्द्रीय बैंकले खेल्नुपर्ने भूमिका सम्बन्धमा सुझाव दिएको हो । सम्पत्ति शुद्धीकरण…