काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिना सम्ममा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको देखाएको छ। बैंकले १० महिनाको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको उल्लेख गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.७ प्रतिशतले बढेको थियो ।…