आज साँझदेखि भोलि बिहानसम्म नबिल बैंकको केवाइसी सेवा अवरुद्ध हुने

काठमाडौं – आज साँझ ६ बजेदेखि भोलि बिहान १० बजेसम्म नबिल बैंक लिमिटेडको केवाइसी सेवा अवरुद्ध हुने भएको छ । सो समयावधिमा प्रणालीको स्तरोन्नति गर्नुपर्ने भएकाले केवाइसी सम्बन्धी केही सेवाहरु उपलब्ध नहुने बैंकले जानकारी दिएको हाे । साथै, यस सम्बन्धी थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राख्न बैंकले आग्रह समेत गरेको छ।