काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणलाई खरीदका लागि प्रस्ताव गरेकोमा आवेदन परेको थिएन। आवेदन नपरेपछि सम्बन्धित शेयरधनीको निवेदनमा प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ कायम गरी पुनः बिक्री खुला गरिएको…