आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं–नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक भएको छ ।