बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्ने भएको छ । बैंकिङ्ग प्रणलीमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले बजारबाट २५ अर्ब बराबरको निक्षेप बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।…