काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) राजसंस्था पुन:स्थापना जागरण अभियानकर्ता दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोग गरेको अभियोगमा अनुसन्धान सुरु गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता सुधीर राज शाहीका अनुसार प्रसाईँको विरुद्धमा बैंकिङ्ग कसुरको मुद्दा परेको छ । प्रसाईँले विभिन्न बैंकहरुबाट होटेल, व्यवसाय, मेडिकल कलेज लगायत विभिन्न कम्पनीहरूको नाममा ऋण लिएर ऋणको अपचलन गरेको मुद्दा परेको…