नयाँ नोटको अर्थतन्त्रः राज्यकोषको २ अर्ब जोगिने, खुद्रा नोट व्यवस्थापनमा सहज

काठमाडौं – नेपाल राष्ट्र बैंकले यो वर्ष ‘बोल्ड डिसिजन’ गर्यो । विगतका वर्षहरुको पदचाप नपछ्याउने निर्णय गर्दै दसैं र तिहारमा नयाँ नोट नबाँड्ने निर्णय गर्यो । जसकारण, यसपालि सर्वसाधारणले विगतका वर्षहरुमा झै दसैंमा नयाँ नोट प्रयोग गर्न पाएनन् । यसबाट प्रत्येक वर्षको दसैं र तिहारमा नयाँ नोटको प्रयोग गर्दै आइरहेका सर्वसाधारणको मनोभावमा ठेस पुगेको देखिन्छ…