ऋणपत्र निष्काशन गर्दै निफ्रा, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ। यसका लागि निफ्राले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक चयन सम्बन्धी सम्झौतामा निफ्राको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका…