काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् । जिल्ला अदालत काठमाडौं र…