निवर्तमान गभर्नर नै भावी गभर्नरको खोजीमा, सिफारिस समितिमा एमालेको दुई तिहाइ

काठमाडौं - १८औँ गभर्नर सिफारिसका लागि बनेको ३ सदस्यीय समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी आएका छन् । सरकारको बुधवार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार चैत २४ गतेदेखि कार्यकाल सकिएर घर फर्किएका महाप्रसाद अधिकारी नै भावी गभर्नरको खोजीमा निस्किएका हुन् । यससँगै, भावी गभर्नरको खोजीमा निवर्तमान गभर्नर समेत सामेल बनेका हुन् । सत्ताधारी राजनीतिक दलहरू नेपाली काँग्रेस…