कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै राष्ट्र बैंकको कारबाहीमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं– सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । राष्ट्र बैंकले कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था…